सामन्ती : बालकृष्ण गजुरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन १४।
माधव शर्मा आफुलाई खुबै क्रान्तिकारी सोच्दथे । सुरु सुरुमा उनलाई सबैले मन पराए । उनी जिल्लाकै क्रान्तिकारे नेता बने । बेला–बेला गाउँलेहरु भेला पारेर भन्थे, ‘हामी किसान र श्रमिकको लागि लड्नु पर्छ ।’
नेपालको लाजनीति तथा अवस्था कसैलाई भन्नै पर्दैनथ्यो । ढीलो चाँडो कमाउने मात्र हो । जनता र बिकास भाँडमा जावोस् । आफुलाई परिवर्तन गर्न नसक्नेले दुनिया कसरी परिवर्तन गरोस् ? शब्दमा नै भएपनि उनले क्रान्तिकारी छवि १५ बर्षसम्म टिकाए ।
विदेशबाट केही अन्तरास्ट्रिय पाहुना आएका थिए । साथमा नेपाली दोभाषे पनि । पाहुना के घर भित्र छिरेका थिए । छोरीको प्रेमी सु– सज्जित पहिरनमा भित्र छिर्यो । पाहुनाहरू हेरेको हेरै भए । क्रान्तिकारी छवि धमिलियो । माधब शर्मा रिसले चुरचुर भए । उनले रिसाउँदै सोधे, ‘यो के ताल हो छोरी ?’
प्रेमीतिर हेरेर मुस्कुराउँदै माधव शर्माको छोरीले भनिन्, ‘हरेक युवा तथा युवतीका सपनामा राजकुमार र राजकुमारी आउँछन् । कहाँ श्रमिक आउँछन् र बुबा ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक