गोकर्णेश्वर ५ को शहरी स्वास्थ्य केन्द्र जोरपाटीलाइ विविध स्वास्थ्य उपकरण हस्तान्तरण
कपन अनलाइन
काठमाडौँ, साउन १४। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको शहरी स्वास्थ्य केन्द्र जोरपाटीलाइ विविध स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्तरगत बिनियोजित बजेट मार्फत खरिद गरिएको उक्त विविध स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाले जोरपाटी स्वास्थ्य चौकी प्रमुखलाइ हस्तान्तरण गरेका हुन।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सानान्नी लामा, वडा अध्यक्ष नारायण बहादुर सुवेदी स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय , वडा सदस्यहरु बिभिन्न राजनीतिक दलका प्रतिनिधि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतकर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, उप प्रमुख सानान्नी लामा, नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायतले शुभकामना मन्तब्य राख्दै शहरी स्वास्थ्य केन्द्र जोरपाटीले दिने सेवामा यस्ता सामग्रीले महत्वपूर्ण सहयोग गर्ने बताएका थिए। नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिदै समय समयमा स्वास्थ्य शिविर लगायतको कार्य गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएका थिए।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्तरगत बिनियोजित बजेट मार्फत स्वस्थ्य सामग्री प्रदान गरेको बताए उनले जनतालाई स्वास्थ्य सेवाको पहुच पुर्याउनको लागि पनि उक्त सहयोग गरेको बताए। शहरी स्वास्थ्य केन्द्र जोरपाटीलाइ निम्न सामग्री प्रदान गरिएको छ।
१ semi Auto Biochemistry Analyzer
२) Colorimeter
३ ) Hot Air Oven
४) Water Bath
५) Incubator
६) Microscope
७) Centrifuge
८) Micro Peppette 3 different size
९)Needle Destroyer
१० ) Serological water Bath
११) Electrolyte
१२) E.C.G Machine
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिदै जोरपाटी शहरी स्वास्थ्य केन्द्रले ज्येष्ठ नागरिक एकल महिला आर्थिक अवस्था कमजोर भएकाहरुलाई रक्तचाप, मधुमेह तथा इसिजी लगायतको शेवा निशुल्क प्रदान गर्ने जानकारी गराएका थिए। साथै सोहि कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्यहरुको कार्यकक्ष समेत उद्घाटन गरिएको थियो ।