Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/295821560_170877465445306_6032211627498328111_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख सहितको टोलीले गर्यो भक्तपुरको बिध्यालय अवलोकन

कपन अनलाइन

काठमाडौं, साउन १४ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सहितको टोलीले शुक्रबार भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुलको अवलोकन भ्रमण गरेका  छन । नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ति थापा, नगरपालिका क्षेत्रको वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु तथा नगर क्षेत्रका स्कुलहरुका प्रिन्सिपलहरुको टोलीले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलको अवलोकन भ्रमण गरेका हुन् ।

टोलीले स्कुलको शिशु कक्षादेखि कक्षा १० सम्मका कक्षाकोठाहरु, लाइब्रेरी, कम्प्युटर ल्याब, संगीत कक्ष, फोहोरमैला प्रशोधनलगायतका विषयहरूको अवलोकन  गरेका हुन । साथै अवलोकन भ्रमणपछि विद्यालयका विविध विषयमा स्कुलका प्रिन्सिपललगायतकासँग जानकारी लिएका थिए ।अवलोकन भ्रमणपछि नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा भक्तपुर नमूना नगर भएको भन्दै भक्तपुर नगरपालिकाको प्रशंसा गरेका छन्। उनले त्यहाँ  भएका राम्रा कार्यक्रमलाइ आफ्नो नगरमा समेत लागु गर्ने योजना रहेको उनले बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।