सत्तरी हजार शरणार्थीको आवेदन पर्नसक्ने
भयना, २० जेठ । अस्ट्रियामा यस वर्ष करिब ७० हजार शरणार्थीले शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ ।
हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाख ६२ हजार शरणार्थीले अस्ट्रियामा शरण पाएका थिए । रासस÷सिन्ह्वा
तपाइँको प्रतिक्रिया ।