साइबर क्राइमका मुद्दा हेर्ने सूचना प्रविधि न्यायाधीकरण गठन गर्न निर्देशन

साइबर क्राइमका मुद्दा हेर्ने सूचना प्रविधि न्यायाधीकरण गठन गर्न निर्देशन

काठमाडौँ। सूचना प्रविधिसम्बन्धी अपराध (साइबर क्राइम) का मुद्दा हेर्ने सूचना प्रविधि न्यायाधीकरण गठन गर्न सरकारलाई सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

सूचना प्रविधिसम्बन्धी ऐन, २०६३ जारी भएको नौ वर्ष नाघिसक्दा पनि ऐनबमोजिम न्यायाधीकरण गठन नभएपछि दायर एक रिट निवेदनमा हालै उक्त अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सो न्यायाधीकरण गठन गर्न हालै सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको उक्त अदालतका सह–प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

images (1)

उक्त ऐनको दफा २ (ठ) मा परिच्छेद ९ मा उल्लेख भएबमोजिमक कसुरको सुरु कारबाही र किनारा गर्न दफा ६१ बमोजिम कानुन, सूचना प्रविधि र वाणिज्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिबाट तीन सदस्यीय न्यायाधीकरण गठन गर्नुपर्ने व्ययवस्था छ ।

सोही ऐनको दफा ६० (५) मा सो न्यायाधीकरण गठन नभएसम्मका लागि राजपत्रमा सूचना प्रकाशित गरी कुनै जिल्ला अदालतलाई सुरु कारबाही र किनारा गर्ने अधिकार तोक्ने कानुनी व्यवस्थाबमोजिम काठमाडौ जिल्ला अदालतलाई २०६४ जेठ २५ मा सो जिम्मेवारी सुम्पिएको थियो ।

अधिवक्ताद्वय राजाराम श्रेष्ठ र राम श्रेष्ठले चार वर्षअघि सो रिट निवेदन दायर गर्नुभएको थियो । रासस

 

तपाइँको प्रतिक्रिया ।