टेक्सास कलेजको आयोजनामा रोवोटिक्स प्रतियोगिता सम्पन्न

 टेक्सास कलेजको आयोजनामा रोवोटिक्स प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन ८।

टेक्सास कलेज र जिविएस टिमको आयोजनामा  एफभिपि ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिता सम्पन्न भएको छ।

डिस्ट्रक्टर टिमको प्रतिनिधित्व गर्दै  प्रतियोगितामा सहभागी अनुभव बस्नेतले  नगद २५ हजार सहित ट्रफी र सर्टिफिकेट जितेका छन् ।त्यस्तै क्रान्तिवीर टिमका पवन भण्डारीले रनरअपको उपाधि जित्लेदै  ट्रफी र सर्टिफिकेटको साथमा नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

टेक्सास कलेज परिसरमा आयोजित प्रतियोगितामा १२ टोली सहभागी भएका थिए । प्राविधिक क्षमता र रोबोटिक्सका बारेमा ज्ञान तथा अनुभव आदान प्रदानका लागि प्रतियोगिता फलदायी भएको कलेजका भाइस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ बताउँछन् ।

‘प्रतियोतिाको मूख्य उद्देश्य भनेको रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु थियो,’ उनले भने, ‘प्रतियोगिता सफल भएको छ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

प्रविधिमा चासो बढाउन तथा सम्भावनाहरुको पहिचान गर्नका लागि यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने कलेजका आइटी हेड सुमन थपलियाले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।