बुढानीलकण्ठका युवाहरुद्वारा न्युरोडमा टेक्नो मोबाइलको रिजनल डिलर संचालन

कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा शैक्षिक क्षेत्र, वित्तीय क्षेत्र, मुद्रण क्षेत्र र अन्य व्यावसायिक लगानी गरी सफलता हासिल गरेका बुढानीलकण्ठका युवाहरुले न्युरोडमा नयाँ व्यवसाय सञ्चालन गरेका छन् ।

श्रावण ५ गते विधिवत् उद्घाटन गरी बुढानीलकण्ठका युवाहरुले आईटेल टेक्नो मोबाइलको रिजनल डिलर सञ्चालनमा ल्याएका हुन् । यसको लागि ग्लोरी मर्चेन्ट प्राइभेट लिमिटेड नामक कम्पनी स्थापना गरेका हुन् ।

व्यावसायिक मात्रै नभएर राजनीतिक र सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय यो समूहले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको समूहका सञ्चालक जनक थापाले जानकारी दिए । थापाले समूहले सामाजिक उत्तरदायित्वका विभिन्न काम पनि गरिरहेको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।