नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रांगणमा आयोजित खुल्ला रक्तदान कार्यक्रम  सम्पन्न 

कपन अनलाइन

काठमाडौं साउन ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रांगणमा खुल्ला रक्तदान कार्यक्रम  सम्पन्न  भएको छ।

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनको आयोजनामा साउन ६ गते बिहान १०:३० बजे देखि २:३० बजे सम्म चलेको  उक्त रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको  नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिदै रक्तदाता सबैलाई    धन्यवाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।