टेक्सास कलेजमा शनिबार रोवोटिक्स प्रतियोगिता हुने

टेक्सास कलेजमा शनिबार रोवोटिक्स प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, साउन ५ । चाबहिल मित्रपार्कमा रहेको  टेक्सास  इन्टरनेसनल कलेज र जिविएस टिमको आयोजनामा  रोवोटिक्स प्रतियोगिता हुने भएको छ ।  शनिबार टेक्सास कलेजमा हुने  उक्त प्रतियोगीताको बिहीबार पत्रकार सम्मेलन मार्फत  जानकारी  गराएको हो । १५ टोलीको सहभागीता रहने सो  प्रतियोगिताको विषय Surveillance and Rescue ‘निगरानी र उद्धार’ रहेको जानकारी गराइएको थियो  । पत्रकार सम्मेलनमा जिविएस टिमका फाउण्डर यज्ञप्रसाद देवकोटा, टेक्सास कलेजका भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, कलेजका आइटी हेड सुमन थपलिया लगायतले प्रतियोगिताका वारेमा जानकारी गराएका थिए ।

प्रतियोगिताको  मूख्य उदेश्य नै रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु हो ।ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिता निगरानी र उद्धार अभियान नेपालमा नै पहिलोपटक हुन लागेको जानकारी दिदै सामूहिक सिकाईलाई प्राथमिकता दिएर प्रतियोगिताको आयोजना गर्न लागिएको हुँदा त्यहा प्राविधिक क्षमता र रोबोटिक्सका वारेमा ज्ञान तथा अनुभव आदान प्रदान पनि हुने जानकारी गराइएको थियो । प्रतियोगिताको बिषय FPV क्यामेरा प्रयोग गरी निगरानी र पीडितको पहिचान पछि खाना र औषधी उपलब्ध गराउने रहेको छ ।पैदल हिडेर जान नसकिने स्थानमा पनि रोबोट पुग्न सक्छ जसको कारण क्षतीको प्रकृति र गम्भिरता अध्ययन गर्न सहज हुन्छ । सो प्रतियोगितामा  रोबोटहरुले विभिन्न भु भागहरु र कठिनाईहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ, आदि पार गर्न सक्षम हुनुपर्छ । प्रतियोगिता सम्पूर्ण सहभागीका लागि सिकाईको उत्कृष्ट माध्यम बन्ने र नविन सोचको विकास गर्ने स्थान बन्ने आयोजकको विश्वास रहेको  छ ।

प्रतियोगितामा बिजेता हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उप बिजेता हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने  बिजेता र उप बिजेता बाहेक सहभागी अन्य टोलीले रिडेम्सनको मौका पाउने र ५ हजार रुपैयाँ जित्न सक्ने जानकारी दिदै   सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने जानकारी गराइएको थियो  ।

सह आयोजक रहेको टेक्सास इन्टरनेशनल कलेज अध्ययनको लागि उत्कृष्ट गन्तव्य बन्न सफल छ, जहाँ प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनको पढाई हुन्छ भने स्नातक तहमा बिएस्सी, सिएसआइटी, बिबिएिम, बिबिएस, बिएसडब्लु, बिसिए र स्नातकोत्तरमा एमबिएसको पढाई हुन्छ ।(जिविएस) इन्जिनियर गणेश बिक्रमसिंह आले र यज्ञप्रसाद देवकोटाद्वारा स्थापित उर्जावान, गतिशिल र प्राविधिक उत्साही युवाहरुको समूह हो ,जसले  नेपालमा नै बम डिस्फोजल रोवोट बनाई नेपाली सेनालाई हस्तान्तरण गरेको समेत जानकारी दिइएको थियो  ।

तपाइँको प्रतिक्रिया ।