अब्बल विद्यार्थीहरुको रोजाइमा विट्स मल्टिपल कलेज

अब्बल विद्यार्थीहरुको रोजाइमा विट्स मल्टिपल कलेज

कपन अनलाइन

काठमाण्डौ ,साउन  ३।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध तीनचुलीमा रहेको विट्स मल्टिपल कलेज विद्यार्थीहरुको रोजाइमा पर्ने शैक्षिक संस्था हो। विगत लामो समय देखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउदै आएको यो कलेज शैक्षिक उन्नयनमा सक्रिय रहेका शिक्षाविदहरुको पहलमा संचालित संस्था हो ।

शहर भित्रको कोलाहल, धुलो र धुवाँबाट मुक्त हुँदै आधुनिक संरचना सहितको खुल्ला मनोरम बातावरणमा पढ्न चाहने विद्यार्थीको रोजाइमा परेको यो कलेजमा हाल करिव १२ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन।

त्रिवीबाट गणित विषयमा स्नातकोत्तर गरेका तथा  नेपाल सरकारको  शिक्षा पुरस्कार बाट सम्मानित ज्ञान बहादुर श्रेष्ठ  क्याम्पस प्रमुख रहेको सो संस्थामा श्याम श्रेष्ठ कार्यकारी निर्देशक रहेका छन भने पुल्चोक इन्जिनियरिङ क्याम्पस बाट एम ई र काठमाण्डौ विश्व विद्यालयबाट एमबिए गरेका इन्जिनियर मिलन श्रेष्ठ एकेडेमिक डाइरेक्टर रहेका छन।

शैक्षिक गतिविधि संगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिने यस कलेजका विद्यार्थीहरुले  अहिले मेडिकल ,इन्जिनियरिङ ,प्रहरी सेवा लगायतका क्षेत्रमा अब्बल प्रदर्शन गरिरहेको क्याम्पस प्रमुख ज्ञान बहादुर श्रेष्ठ बताउछन।

शिक्षा क्षेत्रमा  २५ औँ बसन्त योगदान पुर्याएका काठमाडौं महानगरपालिका प्याव्सनका अध्यक्ष समेत रहेका श्रेष्ठले करिब ८ रोपनी क्षेत्रफलमा फराकिलो खेल मैदान, सुन्दर बगैँचा, आधुनिक भवन, कक्षाकोठा, आधुनिक कम्प्युटर प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला लगाएतले कलेज पुर्वाधारमा सम्पन्न रहेकोले विद्यार्थीहरुको रोजाइमा पर्दै आएको बताएका छन।

कक्षा ११ – १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराईरहेको विट्समा स्नातक तहमा भने बिबिएस तहको पढाई हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।