बुढानिलकण्ठमा ‘जेसुम यात्रा’ : कविता र क्यानभासमा चुनिखेलको प्रवर्धन
कपन अनलाइन
काठमाडौं, साउन २।
असार ३१ गते (शनिबार) जेसुम समुहले ‘ देशभित्रै घुमौं, देशलाई चिनौं’ भन्ने नारा सहित सकरात्मकताका लागि बुढानीलकण्ठको साँस्कृतिक वस्ति चुनिखेल भ्रमण गरेर कविता र क्यानभासमा उतारेको छ ।
आजभन्दा ३ वर्ष अघि सुरु गरिएको जेसुम यात्रामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त साहित्यकार, चित्रकार, रंगमञ्चकर्मी लगायत कलाकारहरु अभियान्ताहरु सहभागी रहेका थिए ।
बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको संयोजनमा भएको सो यात्रामा चुनिखेलका सँस्कृति, कला, ईतिहास, मठ मंदिर, चाडपर्व, जात्रा जस्ता विषयलाई साहित्य र कला मार्फत प्रस्तुत गरिएको थियो ।
असार ३१ गते चुनिखेलको प्रवर्द्धनका लागि नगर प्रमुख मिठाराम अधिकारी र संयोजक लामा सहित जेसुम समुहका साहित्यकार स्नेह सायमी, लक्ष्मी माली, फुलमान बल, बासु देव अधिकारी, विना थिङ, श्याम श्रेष्ठ, शशि लुमुम्बु, शुरेश हाच्ये काली, अजित मान घिसिङ, अस्मिता मानन्धर, उत्तम रावत, आर. यस. डंगोल, जगत तामाङ लगायत सिर्जना सहित सहभागी भएका थिए ।
सो टोलीले चुनिखेलका सात वटा गाँउः “टुःपेक, चुनिखेल, गाम्चा, कौडोल, सापाटार, जगडोल र नयाँवस्ति” को ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको खोजिमा करिव दुई घण्टा पैदल यात्रा समेत गरेका थिए ।
त्यस्तै सो अवसरमा साहित्यकारहरु सँगै चित्रकार दिपेन्द्र बनेपालि, एन.बि. गुरुङ, बाबु साईला , डिराम पाल्पाली, नेम गोले, लाल काजी लामा, मनरा प्रजापति, रमिला महर्जन, विपना महर्जन, चन्द्रा श्रेष्ठ, कान्छा काजि भासिमा लगायत कविना वोडे लगायतले चुनिखेलका विभिन्न पक्षहरुलाई क्यानभासमा उतारेका थिए ।
जेसुम समुहलाई ‘गाईड’ गरिरहेका थिए वडा नं १३ का अध्यक्ष टिकेश नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नं १३ का सदस्यहरु रिना श्रेष्ठ ,श्याम श्रेष्ठ ,राममाया बिक सहित स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।