‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले  प्रज्ञा भवन कमलादीमा अनेरास्ववियु केन्द्रिय कमिटी कार्यालय विभाग द्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दैआव २०७९/८०को बजेट विधि र मान्यतालाई कुल्चिएर ल्याएको हुनाले मान्न नसकिने बताएका छन  ।

गठबन्धनको सरकारले ल्याएको बजेट र बजेट प्रस्तोता अर्थमन्त्री नै विवादमा परेर छानमिनको दायरामा परेको हुनाले अहिले देश बजेट बिहीनको अवस्थामा रहेको बताए  ।

उनले  कार्यपत्र प्रस्तोता अर्थशास्त्रीहरुले जतिसुकै राम्रा कार्यपत्रहरु प्रस्तुत गरेर सरकारलाई सुझाव दिए पनि यो परमादेशी गठबन्धनको सरकारले नसुन्ने बताएका थिए  ।

हाल नेपालको अर्थतन्त्रमा देखिएका तमाम समस्याहरुको समाधान गर्न यो सरकारको बर्हिगमन र चुनावबाटकेपी ओलीको नेत्रित्वमा नयाँसरकार बन्नु पर्ने पनि उपाध्यक्ष पौडेलले बताए  ।

उक्त कार्यक्रमा अर्का पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अर्थतन्त्रका समान्य नियमपनि पालन नगरी बजेट ल्याएकोले यो कार्यान्वयन हुन नसक्ने बताएका थिए  ।

त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा. दिलनाथ दंगालले नेपालको संरचनात्मक ढंगलेनै संकटोन्मुख रहेको तथा अर्थतन्त्रमा वित्तिय क्षेत्र, मौद्रिक क्षेत्र, वाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरेता पनि अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यो पटक यस्तो देखा परेको बताए  ।

उनले  अर्थतन्त्र सुधान हुनुको सट्टामा झन संकटोन्मुख हुन थालेकोमा चिन्ताब्यक्तगर्दै नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गर्संदै कटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु पनि प्रस्तुत गरेका थिए  ।

उक्त कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्षा प्रा. पृथ्वीराज लिगलले सरकारले बोल्ने भन्दा पनि गरेर देखाउनु पर्ने र अर्थतन्त्रका समस्याहरुको समाधान गर्न सबै पक्षलाई समेटेर अगाडी बढ्नु पर्ने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।