अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए,घिसिङ पक्राउ

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए,घिसिङ पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

बागमती नदीभित्र हुने अनधिकृत कामको बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । लामो समयदेखि बागमती नदी किनारामा अनधिकृत रूपमा फोहोर संकलन  केन्द्र संचालन गर्दै  आएका सुवास घिसिङले अनुगमनको क्रममा रहेका ‘क्विक रेस्पोन्स टिम’मा सहभागी बलराम श्रेष्ठमाथि   कुटपिट गरेर टाउको फुटाएका हुन् ।

घिसिङले  सोमवार दिउसो नियमित अनुगम गर्ने क्रममा समितिको ‘क्विक रेस्पोन्स टिम’मा सहभागी बलराम श्रेष्ठमाथि कुटपिट गरेर टाउको फुटाइदिएका छन् ।

नियमित अनुगमनमा गएका श्रेष्ठले  फोहोर संकलन स्थलको फोटो खिच्न लागेको  बेला घिसिङले  एक्कासि मुक्का प्रहार गरेको कर्मचारी श्रेष्ठले जानकारी दिएका छन ।’ घिसिङको आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाका लगाइएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आयोजनाको काम नै अवरोध पुर्‍याउने गरी फोहोर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अहिले सम्म अटेर गर्दै आएका छन् ।

श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी परिसर बौद्धको हिरासतमा राखिएको छ । घिसिङले नदी किनारामा फोहोर संकलन केन्द्र बनाउँदा बागमतीको ब्युटिफिकेसनको काममा समेत असर पुगेको समितिले बताएकोछ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।