मानव अधिकार तथा शान्ति समाज काठमाडौंको बिद्यालय लक्षित लागू औषध दुर्व्यसन बिरुद्ध अभियान

मानव अधिकार तथा शान्ति समाज काठमाडौंको बिद्यालय लक्षित लागू औषध दुर्व्यसन बिरुद्ध अभियान
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले बिद्यालय लक्षित लागू औषध दुर्व्यसन बिरुद्ध अभियान अन्तर्गत काठमाडौंको बज्र इण्टरनेशनल कलेजबाट अभियानको थालनी गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे मुख्य अतिथीरहेको  कार्यक्रममा २०० ज्यादा बिद्यार्थीहरुमाझ लागू औषध दुर्व्यसन बाट ब्यहोर्नुपर्ने क्षतिका बारेमा चर्चा गरिएको थियो । किन र कसरी युवाहरु लागू औषध/पदार्थको दुर्व्यसनको शिकार हुने गर्दछन भन्ने बिषयमा यस्का भुक्तभोगीको अनुभव देखि बिज्ञहरुको सुझावसम्म सो अवसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका पूर्व उपमेयर शान्ति नेपाल, ओशोधाराका प्रमुख आचार्य महेन्द भट्टराई, शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, समाजसेवी मन्दिर तिमल्सिना, बज्र कलेजका निर्देशक रत्नमान आँसु, शान्ति समाजका महासचिव रामकृष्ण बराल, लागू औषध दुर्व्यसनबाट मुक्त हुनुभएका जयराम दंगाल तथा शान्ति समाज काठमाडौं शाखाका सचिव प्रमोद फुँयालले सम्बन्धित बिषयमा मन्तब्य राखेका थिए ।
शान्ति समाज काठमाडौं शाखाका पूर्व सभापति इश्वर पुडासैनीले संचालन गरेको  कार्यक्रमको सभापतित्व काठमाडौं शाखाका सभापति भगवान पुडासैनीले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।