चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ सहितको टोली द्वारा वी पी संग्रहालय अवलोकन
कपन अनलाइन
काठमाडौँ, असार २७ । “चिनियाँ कम्युनिस्ट पार्टी ” (सिपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ सहितको ६ सदस्यीय टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित बीपी संग्रहालयको भ्रमण गरेका छन । उनलाई संग्राहलयका अध्यक्ष परशुराम पोखरेलले स्वागत गरेका थिए । विदेश विभाग प्रमुख लिउलाई संग्रहालयका अध्यक्ष पोखरेल ,सदस्य जनार्दन खडका र परराष्ट्र मन्त्रालयका पुर्व सहसचिव तथा पुर्व राजदुत डा. दिनेश भट्टराईले संग्राहलयको भ्रमण गराएका थिए । विदेश प्रमुख लिउले त्यहाँ वृक्षारोपण समेत गरेका थिए ।
नेपाली कांग्रेसका संस्थापक नेता,सभापति तथा पुर्व प्रधानमन्त्री स्व. विपी कोइरालाले चीन भ्रमण गरेका समयमा भएका भेटका फोटो प्रदर्शनी , विपी कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई,दिवानसिंह राई,सुशिलमान शेरचन लगायतका नेतालाई राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते “कु” गरि निर्वाचित सरकारलाई अपदस्त गरि तात्कालिक प्रधानमन्त्री,सभामुख,मन्त्री,कांग्रेसका नेताहरूलाई पक्राउ गरेर सुन्दरीजल जेलमा राखेको अवस्थामा उनीहरु बस्ने,सुत्ने,खाने,पढने लेख्ने,नुहाउने कोठा, सामग्री २००७ सालको क्रान्तिमा प्रयोग गरिएको टयाङकर तोप र २०३० साल अपहरण भएको जहाज लगायतका बिभिन्न ऐतिहासिक सामग्रीहरुको अवलोकन तथा निरीक्षण गर्नुको साथै विपीको शालिकमा पुष्षगुच्छा चढाई श्रद्दा ब्यक्त गरेका थिए ।
चार दिने भ्रमणका क्रममा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्नेछन्।मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन्।राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबारमात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन्। आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।