रिलायन्स टोस्टमास्टर्स क्लवको नयाँ कार्यसमिति गठन,अध्यक्षमा धनराज बस्नेत
कपन अनलाइन
काठमाण्डौ ,असार २६ ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका आधारभूत तह संयोजक धनराज बस्नेतको नेतृत्वमा एक वर्षका लागि रिलायन्स टोस्टमास्टर्स क्लवको नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित क्लवको उपाध्यक्षमा (शिक्षातर्फ) रोहित कुमार कटुवाल, (सदस्यता बिस्तारतर्फ) उपाध्यक्ष हरि प्रसाद आचार्य र (जनसम्पर्क तर्फ) उपाध्यक्ष रेजिना राई तथा सचिवमा दामोदर निरौला, कोषाध्यक्षमा किरन मगर, सार्जेन्ट एट आममा गोविन्द ढकाल र निवर्तमान अध्यक्षमा दिलिप नेपाल रहेका छन ।
नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई एरिया C3 का अध्यक्ष निराजन श्रेष्ठले सपथ गराएका थिए । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका ४२ जना शिक्षकशिक्षिकाहरुको अत्यन्तै राम्रो उपस्थिति थियो।
नवगठित कार्यकारी समितिका पदाधिकारीलाई टोस्टमास्टर्स इन्टरनेसनल सी 3 का क्षेत्रीय निर्देशक कार्यक्रम गुण व्यवस्थापक तथा रिलायन्स टोस्टमास्टर्स क्लवका पूर्व अध्यक्ष वसन्त लामिछानेले बधाई तथा शुभकामना दिँदै नयाँ कार्यकारी समितिले अझ राम्रो काम गर्ने अपेक्षा व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु विरेन्द्र कुमर मेहत, नन्दु प्रसाद कोइरी तथा दिलिप नेपालले समेत शुभकामना व्यक्त गरेका थिए।
रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रबिन्द्र जङ्ग थापाले टोस्टमास्टर्स क्लव व्यक्तित्व र नेतृत्व विकासको साथै सञ्चार प्रवर्धनका लागि स्थापना भएको जानकारी पनि गराउनु भयो। यो संस्था सन् १९२४ अक्टोबर २२ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भएको हो ।