ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल “ज्ञान” द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार २६ ।
ज्ञानोदय माध्यमिक विद्यालय, पुरानो कालिमाटी, वाफल स्थित पूर्व विद्यार्थीहरुको संगठन ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल “ज्ञान” द्वारा आज कलंकीस्थान, काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
सो रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सोहि कार्यक्रममा ग्यास्ट्रो, नाम, काम, घाटी, दांत, रक्तचाप तथा सुगर समेत निशुल्क परिक्षण गरिएको थियो । करिव १५७ भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । उक्त स्वास्थ्य परिक्षण नेशनल हस्पिटल, सरोवर पोलिक्लिनिक, साझा स्वास्थ्य सेवाका वरिष्ठ डाक्टरहरुद्वारा गरिएको थियो ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि का.म.पा. १४ वडा का वडा अध्यक्ष सुमन श्रेष्ठ, विशेष अतिथि प्रेम शागर कर्माचार्य Chair Person Nepal voluntary blood Donar’s Society, डा. मनिता राजकनिकार विशेष अतिथि Consultant Nepal Red Cross society, अनिल कुमार घिमिरे विशेष अतिथि D.S.P. Nepal Police Metro Police Circle, Kalimati को उपस्थिति रहेको थियो ।
त्यस्तै गरी काठमाण्डौ जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, प्रतिनिधि सभा सदस्य अंजना विशंखे लगायतका अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा “ज्ञान” की उपाध्यक्ष निरु महर्जनले उपस्थित सबैलाई स्वागत गरेका थिए भने संस्थाको सचिव श्री राम महर्जनद्वारा कार्यक्रम आयोजनाको उपादयता बारे प्रकाश पारेका थिए ।
त्यस्तै गरी “ज्ञान”का अध्यक्ष श्री रुपचन्द्र पन्तले सम्पूर्ण रक्तदाता, सहयोगी संस्थाहरु, अतिथिहरु, स्वयंसेवकहरुलाई धन्यवाद दिदै कार्यक्रम सफल पार्न सहयोग गर्ने व्यक्ति, संघसंस्थाहरु प्रति कृतज्ञता समेत प्रकटगरेका थिए ।
विगतमा पनि “ज्ञान” द्वारा यस्तै मानविय, सामाजिक कार्यका साथै जनचेतना र प्रशिक्षणका अलवा विभिन्न प्रतियोगिताहरु समेत आयोजना गर्दै आएको स्मरण गर्दै आगामी दिनहरुमा थप कार्यक्रमहरुको आयोजना गर्ने जानकारी गराउदै रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र, अतिथिहरुलाई मायाको चिनो समेत दिइएको थियो ।