चीनमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु

चीनमा भारी बर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने तीन लाख भन्दा वढी जनता घरवारविहिन भएका छन् । वाढीले सबैभन्दा वढी प्रभावित दक्षिणी चीनको मेइजाउ शहरमा सयौं घर डुबानमा परेका छन् । यातायात र विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ भने पहिरोले बालीनाली नष्ट गरेको छ । बाढी प्रभावितहरुका लागि उचित बासस्थानको ब्यबस्था गरिएको चीन सरकारले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।