NEB को रास्ट्रिय परिक्षामा “टप” गर्ने विनायक सिद्ध कलेज चावहिलका विद्यार्थीले १० लाख पाउने
कपन अनलाइन
काठमाडौं असार २४।
NEB ले लिने कक्षा १२ को रास्ट्रिय परिक्षामा “टप” गर्ने विनायक सिद्ध कलेज चावहिलका विद्यार्थीले १० लाख पाउने भएका छन।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एसईई क्यारियर काउन्सिलिङ्ग प्रोग्राम २०७९ मा क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले NEB ले लिने कक्षा १२ को रास्ट्रिय परिक्षामा नेपाल टप गर्ने विद्यार्थीलाई १० लाख प्रदान गर्ने घोषणा गरेका छन।
त्यस्तै रास्ट्रिय परिक्षामा दितीय हुनेलाई ५ लाख र तृतीय हुनेलाई ३ लाख प्रदान गर्ने घोषणा गर्दै विनायक सिद्ध कलेजले खेलकुद ,कला , अभिनय ,संगीत लगायतका क्षेत्रमा अब्बल योगदान पुर्याउने विद्यार्थीहरुलाई पनि छात्रवृतिको प्रदान गर्ने जानकारी दिएको छ।
असार २६ गते आईतवार ११ बजे देखि हुने छात्रवृति परिक्षामा उत्कृस्ट हुने विद्यार्थीहरुलाई पनि विशेष छात्रवृति रहेको जानकारी दिदै क्याम्पस प्रमुख सिम्खडाले आर्थिक अभावमा शिक्षाको अवसरबाट बन्चित हुने अवस्था आएमा कलेजको ढोका सधै खुल्ला रहेको बताएका थिए।
उक्त कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै कलेजका प्रवन्ध निर्देशक विष्णु पराजुलीले विनायक सिद्ध कलेज धेरै विद्यार्थीहरुको रोजाइमा परेकोमा खुसि व्यक्त गर्दै सहयात्री र सहयोगी सबैलाई धन्यवाद दिएका थिए।