सक्रिय हुदै लायन्स क्लब अफ काठमाडौं नारायणथान,अनाथ वाल आश्रमलाई सहयोग
कपन अनलाइन
काठमाडौं असार २४।
लायन्स क्लब अफ काठमाडौं नारायणथानको संयोजनमा बुढानिलकण्ठ वडा नं ५ मा रहेको अनाथ वाल आश्रममा स्टेनसरी , मेडिकल तथा खेलकुद समाग्री हस्तान्तरण गरेको छ ।
लायन्स क्लब ३२५ जि का डिस्टिक गर्भनर उत्तम झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम लायन्स क्लबका विभिन्न जिम्मेवारीमा रहनुभएका व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधी वडा नं ५ का अध्यक्ष कृष्ण शाह, वडा नं ६ का सदस्य राजु भण्डारी,वडा नं २ का सदस्य राम विनोद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौंले निकट भविष्यमा वालबालिका तथा महिलाहरुको क्षेत्रमा विभिन्न योजनाहरु तयार पारी कार्यान्वयनको चरणमा रहेको क्लबका अध्यक्ष दामोदर बद्री भट्टराई ले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।