शंखरापुर वडा नं ५ र ८ को सडक ढलान कार्यको निरीक्षणमा नगर प्रमुख रमेश नापित सहितको टोली
कपन अनलाइन
काठमाडौं, असार २२ । शंखरापुर नगरपालिका वडा नं ५ र ८ मा भईरहेको सडक ढलान कार्यको नगर प्रमुख रमेश नापित सहितको टोलीले निरीक्षण गरेका छन ।
मंगलबार नगर प्रमुख रमेश नापित, नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका प्राविधिक सहितको टोलीले शंखरापुर वडा नं ५ स्थित पालुबारी देखि ईट्टाखेल जोड्ने सडक र वडा नंबर ८ स्थित भुल्भु जाने सडकको ढलान कार्यको निरिक्षण गरेका हुन ।
निरीक्षण पश्चात प्रमुख नापितले गुणस्तीयर ढंगले निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । उनले सो क्रममा स्थानीय संग समसामयिक बिषयमा छलफल समेत गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।