साँखु-चाँगु जोड्ने पुलमा थप क्षति हुन नदिन कार्य थालनी

साँखु-चाँगु जोड्ने पुलमा थप क्षति हुन नदिन कार्य थालनी

कपन अनलाइन

काठमाडौं, असार २२ । बाढीले क्षति पुर्याएको शंखरापुर नगरपालिकाका वडा नं ६ को सिमाना र भक्तपुर चाँगुको  छाँयाबस्ती जोड्ने पुललाइ थप क्षति हुन नदिने कामको थालनी भएको छ । आइतबारको भारी बर्षापछि सालीनदीमा आएको बाढीले शंखरापुर वडा नंबर ६ को सिमाना पर्ने सितातिर्थ घाटछेउको सो पुलमा क्षति पुगेको थियो ।

क्षति पुर्याएको उक्त पुलको सोमबार  शंखरापुर नगरपालिका प्रमुख रमेश नापित र नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ सहितको टोलीले  उक्त पुलको निरिक्षण गरेका  थिए  । आइतबारको बाढीले साँखु चाँगुनारायण जोड्ने पुलका साथै त्यस वरपरका खेतहरूको पनि कटान गरेको  थियो  । बाढीका कारण पुलको एकातर्फको पिलरमा बढी क्षति पुर्याएको छ भने पुलबाट यात्रा गर्न जोखिम बनेको छ ।

बाढीले क्षति पुर्याएको पुल तथा कटान गरेको खेतहरुको स्थलगत निरिक्षण पछि नगरप्रमुख नापितले प्राबिधिक र निर्माण ब्यावसायीलाई सो पुललाई थप भासिनबाट जोगाउन के के उपाय गर्न सकिन्छ तत्काल समाधान हुनेगरी काम गर्न निर्देशन दिएका थिए  । सोहि निर्देशन अनुसार मंगलबार बाट नै कार्य थालनी भएको छ ।  पुललाई थप क्षति हुन नदिन नदिको  बहाव परिवर्तन गरि  पुल लाई  सपोर्ट गर्न ढुंगा र जाली राखेर कार्य थालनी गरिएको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । उक्त कार्यमा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ , राप्रपा काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष राजु  बिष्ट ,समाजसेवी धर्मकृष्ण श्रेष्ठ लगायत स्थानियहरुले  श्रमदान  गरेको  पनि उनले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।