विभिन्न साहित्यकारहरुलाई साहित्य सदन नेपालको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,असार २१।

असार १८ गते प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा साहित्य सदन नेपालले प्रतिवर्ष प्रदान गर्दै आएका हृदयचन्द्र स्मृति सम्मान २०७७ र २०७८ र तथा गोपालप्रसाद रिमाल पुरस्कार २०७८ र २०७९ वितरण गरेको छ  ।

सो कार्यक्रममा २०७७को ह्दयचन्द्रसिंह प्रधान स्मृति सम्मान वरिष्ठ समालोचक  प्रा.डा.ताराकान्त पाण्डेय तथा २०७८को सोही ह्दयचन्द्रसिंह प्रधान स्मृति सम्मान, नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीलाई अर्पण गरेको हो  ।

त्यसैगरी   गोपालप्रसाद रिमाल पुरस्कार २०७८ र २०७९कवि एवं सम्पादक वासुदेव अधिकारी  र कवि एवं समालोचक डा.गीता त्रिपाठीलाई  प्रदान गरको छ । वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं प्रमुख अतिथि, नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय विशेष अतिथि एवं प्राज्ञहरू र विभिन्न साहित्यिक संस्थाका प्रमुख र  प्रतिष्ठित स्रष्टाहरू अतिथि  रहेका थिए  ।

उक्त कार्यक्रममा साहित्य सदनका सचिव मित्रलाल पंज्ञानीले हृदयचन्द्रसिंह र गोपालप्रसाद रिमालको योगदानका बारेमा र सदनका सदस्य देविका तिमिल्सिनाले  पुरस्कृत चार जना स्रष्टाको योगदानका  बारेमा  मन्तव्य राखेका थिए ।

सो कार्यक्रम साहित्य सदनका कार्यवाहक  अध्यक्ष प्रा.डा.हेमनाथ  पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने  सदनका सहसचिव प्रल्हाद पोखरेलले स्वागत  मन्तव्य राखेका थिए  ।

कार्यक्रममा पुरस्कृत  स्रष्टाहरूले आफ्नो लेखन यात्राका बारेमा मन्तव्य व्यक्त गरेका थिए  थिए ।

तपाइँको प्रतिक्रिया ।