गोकर्णेश्वर नगरपालिका वडा नं ९ द्वारा बिध्यालयहरुलाई खेलकुद सामग्री प्रदान

गोकर्णेश्वर नगरपालिका वडा नं ९ द्वारा बिध्यालयहरुलाई खेलकुद सामग्री  प्रदान

कपन अनलाइन

काठमाडौं असार २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९ बिध्यालयहरुलाई खेलकुद सामग्री  प्रदान गरेको छ  । सोमबार वडा कार्यलयमा एक कार्यक्रमका बीच वडा नं ९ भित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको बालबालिका क्षमता विकास तथा बिभिन्न प्रतियोगीतामा उपयोगी सामग्रीहरु वितरण गरेको वडा कार्यालयले जानकारी गराएको छ।

वडा नं ९ मा  संचालनमा रहेका बिध्यालयका प्रतिनिधिहरुलाई वडा सदस्य उमेश चालिसे, श्रीकृष्ण कारंजित ,वडा सचिब संगिता बराल लगायतले सामग्री हस्तान्तरण गरेका थिए।   विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको वडा सदस्य उमेश चालिसेले बताए । सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको उनको भनाइ रहेको थियो।

तपाइँको प्रतिक्रिया ।