गोकर्णेश्वर ४ मा शिक्षक पुनर्ताजगी तालिम सम्पन्न

गोकर्णेश्वर ४ मा  शिक्षक पुनर्ताजगी  तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार २१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ द्वारा आयोजित बिद्यार्थी –शिक्षक पुनर्ताजगी कार्यक्रम अन्तर्गत  प्रधानाध्यापक तथा कोअर्डिनेटरहरुलाई एक दिने तालिम सम्पन्न भएको छ । शुक्रबार मामाघर रिसोर्टमा भएको उक्त कार्यक्रममा  प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख दण्डपानी शर्मा रहेका थिए भने बिशेष अतिथिकोरुपमा वडा अध्यक्ष जयराम महत कार्यपालिका सदस्य गौरीमाया श्रेष्ठ वडा सदस्य कृष्ण श्रेष्ठ सुनिता परियार राजेश श्रेष्ठ, वडा सचिब नवराज सेन,कर्मचारी प्रधानाध्यापक शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक सौर्यनाथ आचार्यले गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक शाखा अधिकृत युवराज दाहालले प्रस्तुतीकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए। उनले विद्यार्थी मूल्याङ्कन पद्धति  निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धति कार्यान्वयन सिपविद्यालय क्षेत्र सुधार कार्यक्रमका सवलता, सिकाइ अनुभव र विद्यालय विकास कार्यक्रमको तुलनात्मक विश्लेषण सिपशैक्षिक मुद्दाहरू एवं समसामयिक कार्यक्रमहरू  समावेशिता, पठन सिप, बहुकक्षा बहुस्तर, व्यवहार कुशल सिप, गुणस्तर, पहुँच, विद्यालय बाहिरका बच्चा, बालबालिका, छात्रा, अपाङ्गता तथा वातावरण मैत्री विद्यालय व्यवस्थापन, खानेपानी, सरसफाइ र पोषण सुविधा, उपलब्धता, व्यवस्थापन एवं प्रयोगमा प्रअको भूमिका तथा सुपरीवेक्षण लगायतको बिषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।