हिमाल आरोही लालवहादुर जिरेललाई युवा संघ नेपालको झन्डा हस्तान्तरण

हिमाल आरोही लालवहादुर जिरेललाई युवा संघ नेपालको झन्डा हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,असार २१।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन्  ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गरेकोले  उहॅालाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन ।

स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सकेका छन् ।

उहाँले मनास्ल हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक,मेरा पिक ५ पटक सिंगा चुली एक पटक,टेनपिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक,लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक,एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल रोहण गरीसकेका छन् ।नेपाल वाहक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राइ, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवादी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।

 

तपाइँको प्रतिक्रिया ।