अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन ।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरे । साथै सोहि क्षेत्रका जोसेप बोट्लेर र कार्ल ज्याक्सनले पनि सम्मानपत्रमा हस्ताक्षर गरेका थिए । सिंहलाई नेपाल खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको हेरी भण्डारीले बताएका थिए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्वर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए । नवयुगले नेपालले कुवेतमा भएको एसियन कप छनोटमा टिमको कप्तानी गरेका थिए । एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए ।

तपाइँको प्रतिक्रिया ।