बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई सम्मान

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई सम्मान

कपन अनलाइन

काठमाडौं, असार १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ।

वडा नं १२ को त्रि ज्योति मावीमा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य सिविरमा सयौ जेष्ठ नागरिकहरुले सेवा लिएका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को आयोजना तथा नारी चेतना समाजको सहयोगमा भएको सो कार्यक्रममा फ्रेन्डशिप कम्युनिटी अस्पतालले स्वास्थ्य सिविरको संयोजन गरेको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपप्रमुख अनिता लामा, नगर कार्यपालिका सदस्य शान्ता ढकाल , सदस्यहरु डिल्ली प्रसाद खतिवडा ,मिना बयलकोटी ,ईश्वरी भट्टराई,जेष्ठ नागरिक समाजका बुद्दी प्रसाद तिमल्सिना लगायत अतिथि रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाका विभिन्न क्षेत्रका जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।