नव सुन्ताखान एकेडेमी गोकर्णेश्वर ३ को अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

नव सुन्ताखान एकेडेमी गोकर्णेश्वर ३ को अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,असार १९ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा संचालित नव सुन्ताखान एकेडेमीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार सुनगाभा ब्यान्केटमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षस धर्मराज बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल,वडा सदस्य बुद्दी बहादुर श्रेष्ठ,वडा सदस्य लक्ष्मी भण्डारी,वडा सदस्य सचिन लामा वडा सदस्य चित्रमाया वि क ,बिद्यालयका संस्थापक अध्यक्ष श्याम बहादुर श्रेष्ठ, संस्थापक निर्देशक ज्ञानेन्द्र श्रेष्ठ, सार्क एजुकेशन फाउन्डेसनका  कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सार्क एजुकेशन फाउन्डेसनका निर्देशक सरिता तिवारी लगायत बिद्यार्थी शिक्षक र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा बिद्यालयका संस्थापक अध्यक्ष श्याम बहादुर श्रेष्ठले स्वागत  मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिध्यालयका  संस्थापक प्रिन्सिपल सुदर्शन थापाले कार्यक्रमको औचित्य र बिध्यालयको वर्तमान शैक्षिक गतिबिधिको  बारेमा जानकारी गराएका थिए । छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन पनि कार्यक्रम आयोजना गरेको उनले जानकारी गराएका थिए ।कार्यक्रममा विद्यार्थीको सिकाईलाई थप प्रभावकारी बनाउँन विद्यालय, शिक्षक/शिक्षिकासंगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहन्छ । उक्त विषयमा केन्द्रित हुँदै सार्क एजुकेशन फाउन्डेसनका  कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले अभिभावकहरुलाई प्रस्तुतीकरण मार्फत सहजीकरण गरेका थिए ।

 विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकको भूमिका महत्वपूर्ण हुने र पारिवारिक वातावरणले पनि उनीहरूको अध्ययनमा गहिरो प्रभाव पार्ने भएकाले अभिभावकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रस्तुति मार्फत  मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय निर्वाचिनमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिनुको साथै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।