बेइमानी सत्ता : इन्द्रकुमार श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
पढ्ने पढाउने बेलामा किताब छैन !
खेतीलाउने बेलामा मल छैन !
भन्छन्, अरु बेलामा— ‘बजेटै छैन !’
असार लाग्यो कि खर्च गरेरै सकिंदैन !
भ्रष्टाचार नभएको नेतृत्व नै छैन !
तर कारवाही कसैलाई हुँदै हुँदैन ।
हरेक कुरा घटनामा बुझ्छौं !
कारण हामीलाई थाहै हुँदैन ।
यहाँको माटोमापसिनै बग्दैन
बगाउने श्रमजीवीले मूल्यै पाउँदैन
राजनीति सबैको आकर्षक पेशा !
यसमा लागेपछि दुःखै हुँदैन !
बेइमानले सत्ता छोड्दै छोड्दैन
इमानदारले सत्ता पाउँदै पाउँदैन
त्यही भएर यो देशमा कहिल्यै
राम्रो समाचार आउँदै आउँदैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।