रुख रोपौ : अञ्जु चालिसे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

आज तिम्रो शुभजन्मदिनमा
आऊ गरौ बाचा एक
केक काट्ने पैसाले रोपौ रुख अनेक
बढ्दछ सबैको सुख खुसी
हरियाली बढ्दा
नाच्ने्छन पशुपन्छी फूलहरु हाँस्दा

रुख रोपे पानी पर्छ, बन्छ उर्बर धर्ति
बन्जर भुमिमा अन्न फल्दा सम्पन्न हुन्छन प्राणी
यो धर्तीलाई सिन्चु है हामी सबै मिली
भोलिआउने पुस्तालाई दियु सुन्दर कोशेली

जन्मदिनमाकेक काट्ने होइन है हाम्रो संस्कृति
केकखाँदा रोग लाग्ला रुख रोपे जिन्दगी
रुखमुनि ओत लाग्ने पन्छी होलान खुशी
कलकलबग्ने नदिनाला देलानआशिष हाँसी

भोलिलाई भनितिमिले साँचेको सम्पत्ति
व्यर्थ नष्ट होला है रिशाइन् भने प्रकृति
प्रकृति नै आमाहुन है पुरै सृष्टीको
अब बेलाभयो है विवेकपूर्ण दृष्टीको

जपतप यज्ञ पूजा सबैभन्दा ठुलो
त्रिदेवलाई  खुसीपार्न प्रकृतिलाई पुज
सृष्टीकी मूलहुन आमा प्रकृति
सृष्टीलाई  नस्ट गरि नल्याउ विकृति

सृष्टीको संरक्षण जस्तो पुन्यअरुकेहि हुन्न
धर्ति आमाको आशिष लाग्छ
कसैको मन रुन्न
रुख रोपी धर्तीमा पानी बचाऊ
विश्व युद्ध जस्तो कतै लडाई नै हुन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।