लायन्स क्लव अफ काठमाण्डौ टेक्सासको रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाण्डौ टेक्सासको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

लायन्स क्लव अफ काठमाण्डौ टेक्सासको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको टेक्सास इन्टरनेसनल कलेजमा भएको उक्त रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए।

टेक्सास इन्टरनेसनल कलेजको सहयोगमा भएको सो कार्यक्रममा कलेजका विद्यार्थी,शिक्षक ,संचालक तथा कर्मचारीहरुले रक्तदान गरेका थिए।

हाल देखिएको रगतको अभावलाई पूर्ति गर्न सो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।