काठमाण्डौका तिन पालिकाको संगम त्रिबेणी चोकको हिलाम्य सडकले सास्ती,जनप्रतिनिधिहरुको ध्यानाकर्षण

काठमाण्डौका तिन पालिकाको संगम त्रिबेणी चोकको हिलाम्य सडकले सास्ती,जनप्रतिनिधिहरुको ध्यानाकर्षण

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

काठमाण्डौ महानगरपालिका ,बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको संगम त्रिबेणी चोकको हिलाम्य सडकका कारण सास्ती भोगेका स्थानीयहरुले तिनै तहका जनप्रतिनिधिहरु संग तत्काल सडक निर्माण हुनुपर्ने माग राखेका छन।

करिव ९ सय मिटर रहेको मुख्य सडक नै अलपत्र परेर हिलाम्य बनेपछि निकै कस्ट भोग्न बाध्य बनेपछि खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्ता समितिल आयोजना गरेको छलफलमा काठमाण्डौ क्षेत्र नं ४ का  प्रतिनिधि सभा सदस्य  गगनकुमार थापा, नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई , काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कुष्ण राई, बागमती प्रदेस सभा सदस्य छिरिङ दोर्जे लामा,  न्हुछे नारायण श्रेष्ठ , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख  मिठाराम अधिकारी , गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल सहित विभिन्न वडाका अध्यक्षहरु र स्थानीयहरुको सहभागिता रहेको थियो।

सो सडक पानी परेपछि पुरै जलमग्न हुने भएकोले स्थानीय जनताले भाेग्ने गरेकाे समस्याकाे दीर्घकालीन समाधान गर्नका लागि कुनै पनि सरकारले चासाे नदेखिएको साथै चासाे देखाए पनि झाराे टार्ने मात्र काम भएको भन्दै स्थानीयहरुले सो सडक निर्माणमा तिनै तहका सरकारको सहयोग माग गरेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ सो संगम स्थलमा रहेको सो सडक निर्माण सम्बन्धि छलफलको अध्यक्षता खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर बुढाथोकीले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।