जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका च्याम्पियन

जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो भयो । तेश्रो स्थानको चन्द्रागिरी नगरपालिकाले १० स्वर्ण, १० रजत १८ कांस्य जित्यो । बूढानीलकण्ठ नगरपालिका ७ स्वर्ण, ७ रजत र ६ कांस्य, शंखरापुर नगरपालिका ६ स्वर्ण, ५ रजत र ४ कांस्य, नागर्जुन नगरपालिका ३ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तार्केश्वर नगरपालिका १ स्वर्ण र १ रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।