साहित्य सदन नेपालको हृदयचन्द्र स्मृति सम्मान र गोपालप्रसाद रिमाल पुरस्कार चार स्रष्टालाई प्रदान गरिने

साहित्य सदन नेपालको हृदयचन्द्र स्मृति सम्मान र गोपालप्रसाद रिमाल पुरस्कार चार स्रष्टालाई प्रदान गरिने

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

साहित्य सदन नेपालले २०७७ र २०७८ सालको हृदयचन्द्र स्मृति सम्मानबाट समालोचक प्रा.डा.ताराकान्त पाण्डेय र नियात्राकार विष्णु शर्मा पराजुलीलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी २०७८ र २०७९ सालको गोपालप्रसाद रिमाल पुरस्कारद्वारा कवि वासुदेव अधिकारी र कवि एवम् समालोचक डा. गीता त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारणले रोकिएको अघिल्लो वर्षको सम्मान र पुरस्कारसमेत यसै वर्ष प्रदान गर्न लागिएको हो ।

पुरस्कार अर्पण समारोह यही असार १८ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।