चपली सब स्टेसन मर्मत कार्य तिव्र, आज विद्युत वितरण हुने सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

चपली  सव स्टेसनको ट्रान्सफर्मर मर्मत कार्य तिव्र रुपमा भई रहेको छ । मर्मत कार्यको ८० प्रतिसत काम सकिसकेको र सम्भव भए सम्म दिउँसो २ बजे भित्र विद्युत वितरण हुने काठमाडौं ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिएका छन  ।

हिजो (बुधबार) बिहान देखि सव स्टेसनमा रहेको ३ वटा Single Phase ट्रान्सफर्मर मध्ये एउटामा समस्या आएको कारण बुढानीलकण्ठ बिद्युत आपूर्ति बन्द भएको थियो ।

लोहनीका अनुसार समस्या आएको ट्रान्सफर लाई हटाईसकेको र जगेडामा भएको अर्को ट्रान्सफर जडान कार्य भइरहेको छ । मर्मत कार्यका लागि विज्ञ टोलिले हिजो देखि निरन्तर काम गरिरहेका छन् ।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ ।

पासीकोट र हात्तिगौडा लगायतका स्थानमा भने अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।