वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’दल घोषणा

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’दल घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

वामदेव गौतमको नेतृत्वमानेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियाननयाँदल घोषणा गरिएको छ । नयाँदलमा७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । त्यस्तै, स्थायी कमिटी भने १५ जनाभन्दा नबढ्नेगरि बनाईने जनाईएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरेर नवगठित पार्टीको घोषणा गरिएको हो । पार्टीले ८ सदस्यीय हेडक्वार्टर (केन्द्रीय सचिवालय) गठन गरेको छ । जसमा संयोजकगौतमसहितसचिव डीबी कार्की, सदस्यओम शर्मा चालिसे, सदस्य डिल्लीराज भट्टराई, सदस्यदुर्गा भण्डारी, सदस्यनिमकान्त पाण्डे, सदस्यभगवती विष्ट र सदस्ययुवराज सफल रहेका छन् ।
नवगठित पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्चअदालतको एमाले र माओवादी केन्द्र अलगअलगगर्ने निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुकाबीचमा शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको टिप्पणी गरेको छ। संयोजकगौतमको नाममाजारी विज्ञप्तीमा भनिएको छ,‘एमाले र माओवादी केन्द्र विभाजनगर्ने सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावितभएको छ । त्यसकै कारण जनतामानिराशा बढ्दै जानथालेको छ ।’
त्यस्तै, पार्टीको मुख्यकार्यभार विघटन भएको नेकपालाई फेरि पूनर्गठन गर्ने रहेको जनाईएको छ । र, प्रदेश र संघको निर्वाचनपुर्व नै एमाले, माओवादी र समाजवादीबीचएकताको प्रयास गर्ने र एकता सम्भवनभएकार्यगतएकतागर्ने पार्टीको अर्को मुख्यलक्ष्य रहेको छ । यसरी गरिने कार्यगतएकतामाजनमोर्चा र जसपासहितको बृहत्तवापन्थीचुनावीमोर्चा बनाउने योजना रहेको छ ।
कार्यक्रममा संयोजकगौतमले आफू लागिपरेपछि जस्तोसुकै जिम्मेवारी पनि पूरा गरेरै छाडेको ईतिहास भएको स्मरण गराउँदै आफ्नै जीवनकालमा नेपालका सबै कम्युनिष्टहरुबीच एकता गरेरै छाड्ने घोषणा गरे । उनले आफूमाथिपदमा बसिरहन र परिवारवादमा फसेको भनेर लगाईएको आरोपको खण्डन गरे ।
उनले भने,‘मलाई पदमा बसिरहने, आकांक्षा पूरा गर्नको लागिमहत्वकांक्षाबोकेर, पार्टी खोलेको भनेर पनियहाँपत्रकार साथीहरुले भन्नुभयो, केही साथीले परिवारका सस्यहरु पार्टीमा राखेको कुरा भन्नुभयो । दुई वटै कुरा सत्य होइन । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ । सिंगो परिवार, आमा, भाईहरु, बहिनीहरु, जति छन् मेरा सन्तान, तपाईँले हेर्नुभयो भने सबै आन्दोनलमालागेका छन् । आजहोईन, कठिन परिस्थितिमापनिलागेका छन् । म त ७वर्षको उमेर हुँदा कम्युनिष्ट आन्दोलनमा सरिक भएको हुँ । अहिले ७३ वर्ष भएँ । व्यक्तिगत ईच्छा पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनकोलागि ०२६ सालदेखि पूर्णकालिन रुपमाभूमिगतभएर हिँडेको हुँ । कठिन परिस्थितिमा पार्टी निर्माणगरेको छु । मैले जगहालेको पार्टीमाआज धेरै ठूला ठूला नेता बस्नुभएको छ । नेकपामालेको जगपनि मैले नै गण्डकी उताहोलेको हुँ । कम्पनीखोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगतलाभ पूरा गर्न लगाएको छैन् । मजस्ताव्यक्तिहरु संसदीय संघर्षमा सामेल भएकैले देशमासकारात्मकनतिजाप्राप्तभएको छ ।’
सो क्रममावामदेवले माओवादीले सशस्त्र संघर्षको पनि स्मरण गरे । उनले भने,‘माओवादीले सशस्त्र संघर्ष सुरु गर्यो, त्यो संघर्ष एउटा चरणमा पुगेको बेला,कमरेड प्रचण्डसँग मेरो भेट भएको थियो । उहाँले भन्नुभएको थियो–हामीशत्रुकोफौज समाप्तगने अवस्थामा छैनौं, र शत्रुले पनिहाम्रो फौज समाप्तगर्नसक्ने अवस्था छैन भन्नुभयो । मैले वार्ता गर्नुपर्छ भनेको थिएँ । वार्तामाआफ्नामागपूरा भएशान्तिप्रक्रियामा जानुपर्छ भनेको थिएँ, त्यतिवेलाप्रचण्ड, बाबुराम र मोहन बैद्य हुनुहुन्थ्यो । मसँग देवीओझाहुनुहुन्थ्यो । प्रचण्डले बोल्नुभएन । तर, बाबुरामले बोल्नुभयो किजुन संसदीय व्यवस्थाविरुद्ध लड्यौं, आज सम्झौताकिनगर्ने भन्नुभयो । मैले त सेफ ल्याण्डिङको बाटो खोज्न भनेको थिएँ । त्यही दौरानमा ठूलो संघर्षको विस्फोट भयो । २०६२÷०६३ माठूलो जनआन्दोलनभयो । त्यो आन्दोलनले राजालाई हल्लायो । संविधानसभाको निर्वाचनभयो । पहिलोपटक नेपालमा राजालाई गद्दीबाट तलझारयौं । संसदीयअभ्यासमाहामीले ठूलो–ठूलो सफलताहाँसिल गरेका छौं । त्यो संघर्ष गर्दा म एउटा मोर्चामा खटिएको थिएँ ।’
गौतमले आज देशमाभएका परिवर्तन त्यसको जगआफूहरुले हालेको पनि स्मरण गराए । उनले भने,‘अब म कति समय बाँच्न सक्छु, मलाई मृत्युवोध छ । तर, अहिले म किन अगाडि बढेको छु, जुनआन्दोलनको निम्ति संघर्ष र जीवनबलिदान गरें, आज देखिरहेको छु, कित्यो आन्दोनल धराशयीहुँदैछ । जसले चाँडो सूर्य देख्छ, त्यसले संसार उज्यालो देख्छ । कम्युनिष्ट आन्दोलन धराशयीहुननदिनको लागि म सक्रियभएको छु । स्थानीयतहमाकांग्रेस पहिलो भयो । कांग्रेसले आगामीनिर्वाचनमागठबन्धन गरेर गयो भने र कम्युनिष्टहरुबीच एकताभएनभने उसले या त बहुमतप्राप्त गर्छ, या त ठूलो दल बन्छ । अबहुने निर्वाचनपछि हुने अर्को निर्वाचनअर्थात दोस्रो निर्वाचनमाकांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन् ।’
कांग्रेससँगको सहकार्यले नेपालमा ठूलो परिवर्तन हाँसिलभएको पनिगौतमले उल्लेख गरे । तर, कांग्रेसको नेतृत्वमा नै देशले ठूलो–ठूलो संकट व्यहोर्नुपरेको उनको आरोप छ । उनले भने,‘भर्खरै अमेरिकी सहयोग परियोजनाएमसीसीपास भयो । एसपिपीपनि सत्ताधारी कम्युनिष्टको कारण विरोध भएकोले रोकियो, कांग्रेस सत्तामा रहेको बेलाउसलेविकासको नाममा जे पनिगर्ने स्थिति देख्यौं । राष्ट्रको राष्ट्रियता र स्वतन्त्रताको हकअधिकारको निम्ति, कांग्रेस सहीकिसिमले प्रस्तुतभएको छैन् । कांग्रेसको नेतृत्वमा देशकोविकास हुँदैन् ।’
उनले देशको विकास हुनको लागि कम्युनिष्टहरु मिल्नुपर्नेबताए। उनले भने,‘हाम्रो पार्टीको एकमात्रै उद्देश्यत्यहीहो । हामीआफ्नो प्रयत्न अघि बढाउँछौं । आज पार्टी घोषणा भयो, अब पार्टी उद्घाटन हुने बेलामा नेपालचकितहुनेछ । त्यतिवेलालाखौं व्यक्तिगोलबन्दहुनेछन् । म जहाँ–जहाँ सामेल भएको छु, निश्वार्थ भावनाका साथ प्रस्तुतभएको छु, र ठूलो सफलताहातपारेको छु ।’
उनले श्रीमतीतुलसाथापाआफ्नो पार्टीमा केन्द्रीय सदस्यबनेको विषयमा उठाईएको प्रश्नमायसलाई उनले श्रीमतीको व्यक्तिगत स्वतन्त्रता र उनले पाएको मौलिकअधिकारसँग जोडे । उनले भने,‘हामीव्यक्तिगतस्वतन्त्रता मान्दछौं । मेरी श्रीमती राजनीतिगर्ने ठाउँमा आउनहुँदैन् र ?उनले आफ्नोमालिकहकपाउनहुँदैन भनेर प्रश्न कहाँबाट प्राप्तभयो ?आजहामी सरकारी पदमा छैनौं । जनप्रतितिधि संस्थाको रुपमाम राष्ट्रियसभामा छु, मेरी श्रीमतीप्रतिनिधिसभामा छिन् । अब केही समयपछि निर्वाचनहुँदैछ ्। त्यो सबै देखेर हामीले यो कामगरिरहेका छौं । नेपालको कम्युनिष्ट आन्दोलनजोगाउनको लागि कम्युनिष्ट पार्टीबीच सुदृढ किल्लाको रुपमाविकास गर्न यो पार्टी गठन भएको हो । मलाई हजारौं कमरेडले साथदिनुभएको छ । मेरो साथमाचार÷पाँच वटा पार्टी पनिसामेल भएका छन्, अझै पाँच÷सातदल संलग्नहुने अवस्था छ । अबनयाँधार विकसितहुँदैछ । त्यो धारको शुभाराम्भ मिडियामार्फत यही रिपोर्टर्स क्बलमार्फत गरेका छौं । दोस्रो भेलाअत्यन्तै उत्साहका साथ सम्पन्नबनायौं । केन्द्रीय कमिटी बनाएर बैठक गरेर निर्णय सार्वजनिकभएको छ । हामीजनताप्रतिबफादार भएर अघि बढ्नेछौं । कम्युनिष्ट पार्टीबीच शत्रुतापूर्ण अवस्था भैरहेको बेलामा, मित्रतापूर्ण रुपमा अघि बढाउन हामीलागेका छौं । हामीलाई सफलतामिल्नेछ ।’
उनले आजभन्दादुई वर्ष पहिले पार्टी नखोल्नुमा नेकपाएकताको लागिप्रयास गर्नु थियो भन्ने जवाफदिए । उनले भने,‘हामीले त्यतिवेला पार्टी खोलेनौं । त्यति बेलानेकपाएकता राष्ट्रिय अभियानचलायौं, एकताको लागि धेरै काम गर्यौं, तर एकता सम्भवभएन । अहिले आएर हामीले आफ्नो एउटा शक्तिनिर्माण गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्यौं । र, यो पार्टीजन्माएका छौं । कम्युनिष्टहरुबीच पार्टी एकता हुन्छ, एकताको लागिहिजो चुम्बकथिएन । अबचुम्बकछ ।हामीले अघि सारेका योजना पूरा हुन्छन् ।’
कम्युनिष्ट पार्टीबाहेक अरु कुनै पार्टीले नेपालको परिवर्तन र विकास गर्न नसक्ने गौतमले बारम्बार दाबी प्रस्तुत गरे । उनले भने,‘देशको विकास गर्न कम्युनिष्ट पार्टी नै चाहिन्छ, अरुले गर्न सक्दैनन् । हाम्रो ७८ वर्षको ईतिहासले यो सावित गरेको छ । नेपालको विकासको लागि कम्युनिष्ट नेतृत्वको सरकार चाहिन्छ । हिजो एकतागर्न सक्यौं आजपनिएकतागर्नसक्छौं । ४६औं एकताबाट नेकपाबनेको थियो । ४५ वटा एकीकरणमा म संलग्न छु । पार्टी निर्माणमा म सक्रिय छु । मैले आजअर्को संकल्प गरेको छु । पार्टीपूनर्गठनको महाभियानमा जुटेको छु ।’
उनले आफूले नेकपाविभाजननगरेको जिकिर गरे । तर, नेकपाविभाजनको एउटा हिस्सा आफूले भने स्विकार गर्ने उनको भनाई छ । उनले भने,‘नेकपाको सचिवालयमा म बरिष्ठ सदस्यथिएँ । ठीक र बेठिक छुट्याएर निश्पक्षतरिकाले आफ्नो सुझावदिने गरेको थिएँ, कहिले ओलीको आलोचनागर्थें, कहिले प्रचण्डको आलोचनागर्थें । मैले गरेको आलोचनातथ्यमागरिएको हुन्थ्यो ।’ उनले अहिले पनिप्रयत्नगर्ने हो भने केन्द्रमा र ७ वटै प्रदेशमा कम्युनिष्टको सरकार बन्ने स्थिति रहेको सुनाए ।

तपाइँको प्रतिक्रिया ।