बुढानिलकण्ठ -१२ मा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य सिविर हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ मा जेष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य सिविर आयोजना हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को आयोजना तथा नारी चेतना समाजको सहकार्यमा असार १८ गते हुने सो कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ।

वडा नं १२ को त्रि ज्योति मावीमा बिहान १० बजे देखि हुने सो कार्यक्रममा स्वास्थ्य सिविर पनि संचालन हुने भएकोले सेवाको लाभ लिनका लागि आयोजकले अनुरोध समेत गरेको छ।

No photo description available.

तपाइँको प्रतिक्रिया ।