कपन प्रहरी ,विपन्न तथा फरक क्षमता भएकाहरुलाई ग्लोबल चिम्से सोलको सहयोग

कपन प्रहरी ,विपन्न तथा फरक क्षमता भएकाहरुलाई ग्लोबल चिम्से सोलको सहयोग

कपन अनलाइन

काठमाडौं, असार १२ ।

कपन प्रहरी , विपन्न तथा फरक क्षमता भएकाहरुलाई ग्लोबल चिम्से सोलले  सहयोग गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको बोधी सदन मावीमा आयोजित कार्यक्रममा उक्त संस्थाले खाद्यान्न , व्हिल चेयर र कपन प्रहरीलाई रेनकोट प्रदान गरेको थियो।

नेपाल सनातन धर्मसंस्कृति संगठनका प्रमुख, राप्रपा धर्म संगठन विभाग प्रमुख एवं राप्रपा केन्द्रीय सदस्य योगि पुष्पराज पुरुष ,राप्रपाका युवानेता यव्म् नेपाल सनातन धर्म संस्कृति संगठनका उपाध्यक्ष कमलराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का सदस्य डिल्ली प्रसाद खतिवडा ,राप्रपाका नेता मोहन चालिसे अनि नेपाल एयरलाईन्सका पुर्व अधिकृत अभिमन्यू शर्मा हुमागाईं लगायतको उपस्थितिमा भएको  कार्यक्रममा १६ विपन्न परिवारलाई खाद्यान्न तथा ५ जना फरक क्षमता भएकाहरुलाई व्हिल चेयर वितरण गरिएको थियो।

लामो समय देखि सामाजिक सेवामा सक्रिय रहेको सो संस्थाले कपन प्रहरी प्रभागलाई २० थान रेन कोट पनि प्रदान गरेको अध्यक्ष पारस राईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।