कागेश्वरी २ ले आज बाट आ.व २०७९/८०को लागि स्थानीय संग छलफल सहित योजना संकलन गर्ने

कागेश्वरी २ ले आज बाट आ.व २०७९/८०को लागि स्थानीय संग छलफल सहित योजना संकलन गर्ने

कपन अनलाइन

 काठमाडौं,असार २ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले बस्ती तथा वडा स्तरीय भेला सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा आगामी आर्थिक वर्ष २०७९/०८०को लागि वडागत कार्यक्रम तथा योजना छनौट गरि आगामी नगर सभामा स्वीकृतका लागि पेश गर्न निम्न मिति समय र स्थानमा बस्ती तथा वडा स्तरीय भेला बसी योजना संकलन कार्यक्रम रहेको हुँदा वडा भित्रका राजनीतिक दलका प्रतिनिधि उपभोक्ता समितिका पदाधिकारी, नागरिक समाज सरोकारवाला, वडाबासीहरुको लागि  सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपशिल

योजना छनौटका लागि निम्न मिति, समय र स्थानमा बस्ती तथा वडा स्तरीय भेला हुने

 १) साबिक वडा १ सुर्यमण्डली चोकमा  वडा अध्यक्ष सुरज खड्काको संयोजकत्वमा  असार २ गते बिहान ७ बजे

२) साबिक वडा नं २ र ९ कागेश्वरी पुस्तकालयमा वडा सदस्य प्राणनाथ फुयालको संयोजकत्वमा असार २ गते बेलुका ४ बजे

३) साबिक वडा नं ४ पुरानो वडा कार्यालयमा वडा अध्यक्ष सुरज खड्काको संयोजकत्वमा असार ३ गते बिहान ७ बजे

४) साबिक वडा नं ५ र ६ गणेश मन्दिरमा वडा सदस्य महेश्वर श्रेष्ठको संयोजकत्वमा असार २ गते बिहान ७ बजे

५)साबिक वडा नं ७ र ८ नाथेश्वरी आधारभूत बिध्यालयमा वडा सदस्य रामप्यारी नगरकोटीको संयोजकत्वमा असार २ गते बिहान ७ बजे

६ साबिक वडा नं ३ आलापोट हेल्थपोष्टमा वडा सदस्य तारा लोहारको संयोजकत्वमा असार २ गते  बिहान ७ बजे

तपाइँको प्रतिक्रिया ।