आइएसद्वारा सिरियाको अर्काे सहरमा हमला
बेरुत, १७ जेठ । इस्लामिक स्टेट (आइएस) ले सिरियाको अर्काे सहरमा आक्रमण थालेका छन् । उनीहरुले सो सहर पनि कब्जागर्न सो प्रयास गरेका हुन् ।
आइएसका लडाकूले शनिबार रातिसम्म सिरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने हासाकेहमा सो हमला गरेका हुन् ।कुर्दीसहरुको बाहुल्यता रहेको सो नगरलाई उनीहरुले कब्जागर्ने प्रयास गरेका सिरियाली अधिकारवादी समूहले जानकारी दिएको छ ।कुर्दीस लडाकूहरुले एकदिनमात्र अघि त्यहाँका कम्तीमा पनि २० जना सर्वसाधारणको हत्या गरेका थिए ।
अतिवादीहरुलाई सघाएको आरोपमा ती नागरिकको हत्या गरेको भोलिपल्टै शनिबार उनीहरुले उक्त नगरमा नै हमला सुरु गरेका बताइएको छ ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले सो समाचारको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ– आइएसका लडाकूहरुले शनिबार हासाकेह सहरमा पनि सो हमला गरेका छन् ।
उनीहरुले यसअघि पनि सिरिया र इराकको सहर नै आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएका थिए । ती नगर अहिले पनि उनीहरुकै नियन्त्रणमा रहेका छन् ।प्राप्त पछिल्लो समाचारअनुसार सो नगरको उत्तरी किनाराबाट सिरियाली सरकारी सैनिकले आइएसलाई रोक्ने प्रयास गरेका छन् ।तर उनीहरुको प्रयास कत्तिको सफल हुन्छ भन्नेबारेमा भने अहिले नै केही भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । रासस÷एएफपी