राहत वितरणमा नायिका विपना थापा

राहत वितरणमा नायिका विपना थापा

श्रीमती शारदादेबी सेवा फाउण्डेसन मथुरा उत्तर प्रदेश भारतले काभ्रे र काठमाडौका भूकम्प पीडित वस्तीमा राहत वितरण गरेको छ।
नायिका विपना थापा र डा. आशुतोष भारद्धाजबाट आमा शारदादेवीको नाममा स्थपित फाउण्डेशनले काभ्रेको तमाङ, दलित र ब्राहामण बस्ती र काठमाडौको व्रामहण र तामाङ वस्तीमा राहत विवरण गरेको हो ।

bipana-thapa
अभिनेत्री थापाको नेतृत्वमा काभ्रेको वालुवाापाटी गाविसको १, ३, ४ र ६ का ७ सय ५० घरधुरी र काठमाडौ नागार्जुन नगरपालिकाको ६, ७ र ९ नम्बर वडामा राहत वितरण गरिएको हो । फाउण्डेशनले ११ सय थान ब्ल्याङकेट, १ हजार थान डस्ना, ५ हजार केजी नुन, १ हजार केजी दाल, ५ सय केजी दाल, ५ सय केजी चिनी, १ हजार पिस साबुनलगायतका सामग्री वितरण गरिएको थियो ।संस्थाले दुई जिल्लामा गरेर करिब २५ लाख बराबरको राहत सामग्री वितरण गरेको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।