इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०७९ को नतिजा सार्वजनिक  

इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०७९ को नतिजा सार्वजनिक  

कपन अनलाइन

काठमाडौं, जेठ २९ ।   संस्थागत विद्यालय संघ नेपाल (इसान)  कृष्टिना  भण्डारीको स्मृतिमा  आयोजित  क्यान्सर रोग  सम्बन्धी  परामर्श  तथा निबन्ध लेखन प्रशिक्षण सहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०७९को नतिजा सार्वजनिक  भएको छ। कुल ३२ वटा बिभिन्न बिद्यालयका  ६४ जना  बिद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगिताको  संस्थागत विद्यालय संघ नेपाल (इसान)ले नतिजा सार्वजनिक गरेको छ। जसमा हिमशृंखला एकेडेमीकी मेघा अर्याल प्रथम भएकी छन भने गोकर्णेश्वर माविका एन्जिला थापा दितीय र टाइमलाइन स्कुलकि साइमा शेर्पा(रुपा) तृतीय भएकी छिन।  बिजयी बिद्यार्थीहरुलाई संस्थागत विद्यालय संघ नेपाल (इसान)ले बिशेष कार्यक्रम गरि पुरस्कृत गरिने पनि जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।