काठमाडौं महानगरपालिका वडा नं ६ रामहिटीको पुनार्निर्मित सानुधारा उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ६  रामहिटीको पुनार्निर्मित सानुधारा  उद्घाटन

कपन अनलाइन

काठमाडौं, जेठ २९ ।काठमाडौं महानगरपालिका वडा नं रामहिटी स्थित रहेको सानुधारा पुनः निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामाको पहलमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम र काठमाडौं महानगरपालिका वडा नं ६को सहकार्यमा पुननिर्मित उक्त धाराको शनिबार एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले उद्घाटन गरेका हुन ।

बागमती प्रदेशसभा सदस्य माननीय छिरिङ दोर्जे लामा को पहलमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत बिनियोजित रकम करिब १० लाख रुपैयाको लागतमा निर्माण भएको उक्त धारा उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ,देब सुन्दर बज्राचार्य,गायत्री पुडासैनी र मिना सुनार निवर्तमान वडा सदस्य लक्ष्मी श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो   ।

तपाइँको प्रतिक्रिया ।