बालकुमारी आधारभूत विद्यालय बुढानिलकण्ठ-१२ मा बाल सहभागिताको अभ्यास

बालकुमारी आधारभूत विद्यालय बुढानिलकण्ठ-१२ मा बाल सहभागिताको अभ्यास

कपन अनलाइन

काठमाडौँ, जेठ २९ ।

बुढानीलकण्ठ १२ मा रहेको एकमात्र सामुदायिक विद्यालय बालकुमारी आधारभूत  विद्यालय नमूना विद्यालयको रुपमा अगाडी बढिरहेको छ । बालबालिकाहरुको लागि शिक्षण सिकाइको अलवा अतिरित्त क्रियाकलाप विद्यालयले सञ्चालन गरिरहेको छ ।

विद्यालयमा बाल सहभागिताको अभ्यास गराउने उद्देश्यले प्रजातान्त्रिक अभ्यासबाट विद्यालय स्कूल क्याप्टेन, स्कूल भ्वाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भ्वाइस क्याप्टेन पदका लागि निर्वाचन गरिएको हो । करिब ४ सय भन्दा बढी विद्यार्थी रहेको बालकुमारी माध्यामिक विद्यालयमा २ सय जना विद्यार्थीहरुले मतदानको प्रक्रियाबाट स्कूल क्याप्टेन लगायतका पदमा छनौट गरेका थिए ।

निर्वाचन प्रक्रियाबाट स्कूल क्याप्टेनमा कक्षा ९ का सुवास राई विजयी भए भने स्कूल भ्वाइस क्याप्टेनमा कक्षा ९ कै सपना तामाङ विजयी भएकी छन । हाउस क्याप्टेनमा क्रमश कक्षा ८ तान्जी शेर्पा, कक्षा ७ जितु तामाङ, कक्षा ९ पवन राई, कक्षा ७ सुनिता श्रेष्ठ विजयी भएका छन । भ्वाइस हाउस क्याप्टेनमा क्रमश कक्षा ४ खुशी लामा, कक्षा ७ लदिकी शेर्पा, कक्षा ६ सुनिता तामाङ, कक्षा ४ अव्दुल अन्सारी विजयी भएका छन । विद्यालयमा बालबालिकाहरुलाई बाल सहभागिताको अभ्यास गराउन अतिरिक्त क्रियाकलाप अन्र्तगत निर्वाचन गराइएको कुरा विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईले बताए ।

बालकुमारी माध्यमिक विद्यालयलाई हरेक क्षेत्रबाट अब्बल बनाउन लागि परिएको कुरा पनि प्र अ राइले बताए । निर्वाचनको प्रक्रियामा शिक्षक बद्री बहादुर तामाङ, शान्ता गुरुङ, सिर्जना पराजुली लगायतको टिमको भूमिका महत्वपूर्ण रहेको कुरा समेत प्रअ राइले बताए ।

यस बालकुमारी माध्यमिक विद्यालयमा नमूना विद्यालयको रुपमा अगाडी बढाउन, नगरपालिका, १२ नं. वडा कार्यालय, बाल विकास समाज लगायतका विभिन्न संघसंस्थाहरु विद्यालय व्यवस्थापन समिति विद्यालयका शिक्षक अभिभावक सबैको सहयोगले अगाडी बढन सहज भएको हुनाले आगामा दिनहरुमा पनि सबैको साथ र सहयोगको आवश्यक रहिरहने कुरा प्रअ राइको थियो ।

निर्वाचन प्रक्रियामा समेल भएर साथीहरुलाई भोट हाल्न पाउदा रमाइलो लागेको कुरा विद्यार्थीहरुले बताए । यस कार्यबाट निकै खुुशी लागेको कुरा विद्यार्थीबाट आएको थियो । बालकुमारी माध्यमिक विद्यालयलाई छात्रवृत्ति लगायतको सहयोग गरिरहेको बाल विकास समाजको तर्फबाट पनि निर्वाचन कार्यक्रममा सहभागिता रहेको थियो ।

दुई जना विद्यार्थीहरुले भोट हालेर स्कूल क्याप्टेनमा विजयी भएका कक्षा ९ मा अध्ययनरत सुवास राइले यस विद्यालयमा रहुन्जेल सबै साथीहरुको आवाज बोल्ने र गुरुहरुलाई आदार सम्मानका साथ पढाइलाई अगाडी बढाउने बताए ।

तपाइँको प्रतिक्रिया ।