कागेश्वरी मनोहरा नगरपालिकाको र्‍यापिड रेस्पोन्स टिम’ले काम शुरु गर्यो

कागेश्वरी मनोहरा नगरपालिकाको  र्‍यापिड रेस्पोन्स टिम’ले काम शुरु गर्यो

कपन अनलाइन

काठमाडौँ, जेठ २९ । कागेश्वरी मनोहरा नगरपालिकाले सडक तथा अन्य पूर्वाधारको सानातिनो मर्मतको लागि गठन गरेको  शीघ्र प्रतिउत्तर टोली अर्थात् ‘र्‍यापिड रेस्पोन्स टिम’ले आफ्नो काम शुरु गरेको छ । वर्षा तथा अन्य कारणबाट हुन सक्ने सम्भाव्य जोखिम, भूक्षय लगायतलाई कम गर्न, जोखिम भएको ठाउँमा तत्काल आवश्यक सहयोग पुर्‍याउन र सडक तथा अन्य पूर्वाधारको तत्कालै सानोतिनो मर्मत गर्न नगरपालिकाले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको हो ।

आफ्नो वडा, टोल बस्तीमा कुनै प्रकारको जोखिमको सम्भावना देखिएमा, भएमा वा तत्कालै मर्मत गर्नुपर्ने भएमा वडा कार्यालय, नगर वा विपद् व्यवस्थापन समिति वा र्‍यापिड रेस्पोन्स टिमलाई खबर गर्न नगरपालिकाले आग्रह गरे  संगै शीघ्र प्रतिउत्तर टोली अर्थात् ‘र्‍यापिड रेस्पोन्स टिम’ले तदारुकताका साथ काम अघि बढाउंदै आएको छ ।यसका लागि नगरपालिकाले इन्जिनियर कुमार विक्रम पराजुलीको संयोजकत्वमा ६ सदस्यीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ ।

१. संयोजक  इन्जीनियर कुमार बिक्रम पराजुली  टेलिफोन नम्बर ९८६०१८३०३८

२ . सम्बन्धित वडाको इन्जिनियर/ सब इन्जिनियर सदस्य

३. सम्बन्धित वडाको स्वास्थ्य संस्थाको इन्चार्ज  सदस्य

४. असिस्टेन्ट सब इन्जिनियर रमेश कुमार चौधरी सदस्य ९८०८८२१९२१

५. नगर प्रहरी असिस्टेन्ट सब इन्स्पेक्टर सुबिन कार्की सदस्य ९८६००३४८१०

६. नगर प्रहरी हवल्दार लक्षमण रोक्का सदस्य ९८४९४२०३४०

७. नगर प्रहरी जवान अनोज तामाङ सदस्य ९८४९३०८५०५

 

तपाइँको प्रतिक्रिया ।