प्याब्सन र इसानले दियो कागेश्वरीका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

प्याब्सन र इसानले दियो कागेश्वरीका जनप्रतिनिधिहरुलाई  बधाई तथा शुभकामना

कपन अनलाइन

काठमाडौं,जेठ २५ । कागेश्वरी मनोहरा नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान,बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। निजि तथा आवसीय बिध्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कागेश्वरी मनोहरा नगर कार्यसमिति  र संस्थागत बिध्यालय संघ नेपाल( इसान)ले संयुक्त रुपमा मंगलबार एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान, बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

प्याब्सन  कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङ, रहेका थिए भने बिशेष अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा, वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल २ नं वडाका वडा अध्यक्ष सुरज खड्का ३ नं वडाका वडा अध्यक्ष राममणि पुडासैनी वडा  नं ४ का वडा सदस्य  एबम कार्यबाहक वडा अध्यक्ष  शम्भु सिंखडा  वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल वडा नं ७ का वडा अध्यक्ष भिमसेन थापा,  वडा नं ९ का वडा अध्यक्ष अनिल थापा, संस्थागत बिध्यालय संघ नेपाल( इसान)का केन्द्रीय अध्यक्ष भिम बहादुर दर्लामी, प्याब्सन बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष मुरारी प्रसाद संजेल,प्याब्सन काठमाडौं बरिष्ठ उपाध्यक्ष नवराज भट्ट, प्याब्सन काठमाडौंका उपाध्यक्ष सुर्य भण्डारी, संस्थागत बिध्यालय संघ नेपाल( इसान)केन्द्रीय कार्यसमितिका महासचिब गणेश खतिवडा संस्थागत बिध्यालय संघ नेपाल( इसान)क उपाध्यक्ष साधना खतिवडा  संस्थागत बिध्यालय संघ नेपाल( इसान) कागेश्वरी मनोहरा अध्यक्ष कुमार अधिकारी लगायत  आयोजक संस्थाका कार्यसमिति पदाधिकारी सहित बिभिन्न बिध्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम  निजि तथा आवसीय बिध्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कागेश्वरी मनोहरा नगर कार्यसमितिका सचिव कृष्ण गौतमले संचालन गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ,बिशेष अतिथिहरुले  बिरुवामा पानी हालेर गरेका थिए कोरोनाका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली सहित एक मिनेट मौन धारण गरिएको कार्यक्रममा  निजि तथा आवसीय बिध्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कागेश्वरी मनोहरा नगर कार्यसमितिका उपाध्यक्ष बिनोद चुडालले स्वागत मन्तब्य राखेका थिए भने  संस्थागत बिध्यालय संघ नेपाल( इसान) कागेश्वरी मनोहरा  अध्यक्ष कुमार अधिकारीले कार्यक्रमको उदेश्य र औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थागत बिध्यालय संघ नेपाल( इसान)का केन्द्रय अध्यक्ष भिम बहादुर दर्लामी संस्थागत बिद्यालयहरुका  जुन सुकै संगठन भए पनि एउटै गन्तब्य र उदेश्य बोकेर हिडेको बताए। उनले संस्थागत बिध्यालयहरु एक जुट भएर शैक्षिक उन्नयनका लागि अगाडि बढिरहेको बताउदै त्यस कार्यमा नगरको पनि साथ रहने बिश्वास ब्यक्त गरेका थिए। उनले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा प्याब्सन काठमाडौंका  बरिष्ठ उपाध्यक्ष नवराज भट्टले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। उनले संस्थागत बिद्यालयहरुको उदेश्य साझा भएकोले  नगरले पनि  संस्थागत बिधयालयलाइ हेर्ने दृष्टिकोण पनि साझा हुनु पर्नेमा जोड दिएका थिए।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख शान्ता थापाले आयोजकलाइ धन्यवाद दिदै नगरपालिकाले संस्थागत बिध्यालयहरु संग सहकार्य गरि नगरको शैक्षिक विकासमा लाग्ने बताएकी थिइन ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले आयोजकलाइ धन्यवाद दिदै नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।उनले संस्थागत बिध्यालय र सामुदायिक बिद्यालयका फरक फरक समस्या रहेको बताउदै त्यी समस्या समाधान गरि अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले अन्य नगरपालिकाले अवलम्बन गरेका राम्रा कुराको अनुसरण गर्दै शैक्षिक गन्तब्यको रुपमा नगरपालिकालाइ चिनाउने गरि अघि  बढ्ने बताउदै  शैक्षिक क्षेत्रमा संस्थागत बिद्यालयले  महत्वपूर्ण योगदान पुर्याएको पनि बताए ।

 उनले नगरपालिकाले निर्माण गर्न बिभिन्न समितिहरुमा संस्थागत बिध्यालयलाइ समेत प्रतिनिधित्व गराइने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । जनप्रतिनिधिहरुले स- साना काममा पनि ध्यान दिनु आवश्यक रहेको बताएका थिए । उनले संस्थागत बिध्यालय नगरपालिका संग सहकार्य गरि शैक्षिक विकासमा सहयोग पुर्याउन तयार रहेको पनि बताएका थिए । अध्यक्षताको आसन बाट बोल्दै प्याब्सन कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष श्रीराम दाहालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।