समुन्नत जालपादेवी युवा क्लब र लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा गोकर्णेश्वर ३ मा आयोजित रक्तदान सम्पन्न

समुन्नत जालपादेवी युवा क्लब र लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा  गोकर्णेश्वर ३ मा आयोजित रक्तदान  सम्पन्न

कपन अनलाइन

काठमाडौं,जेठ २२। लायन्स क्लब अफ काठमाण्डौं डाँफे तथा समुन्नत जालपादेवी यूवा क्लबद्वारा संयुक्त रुपमा आयोजित “आठौं नियमित रक्तदान कार्यक्रम” सफलता पूर्वक सम्पन्न भएको छ ।“प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदानको सुरुवात गरौ,  तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने  मूल नाराको साथमा २०७९ जेष्ठ २१ गते शनिवार गोकर्णेश्वर नगरपालिका वडा नं. ३ को कार्यालय परिसरमा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ जना रक्तदाताहरुले रक्तदान  गरेको आयोजक संस्थाले कपन अनलाइन लाइ जानकारी गराए ।

 

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाण्डौं डाँफे र समुन्नत जालपादेवी यूवा क्लबद्वारा संयुक्त नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । साथै समुन्नत जालपादेवी यूवा क्लबले स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ बाट वडा  सदस्यमा  निर्वाचित लायन बच्चुराम शर्मा कुइकेललाइ सम्मान समेत गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।