काठमाडौ महानगरपालिकाका शिक्षक र शिक्षिकाहरुलाई आधारभूत स्काउट तालिम

काठमाडौ महानगरपालिकाका शिक्षक र शिक्षिकाहरुलाई आधारभूत स्काउट तालिम

कपन अनलाइन

काठमाडौं जेठ २० ।

काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउट कार्यालय र  काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा  स्काउट आधारभूत तालिम उद्घाटन समारोह सम्पन्न भएको छ।

नेपाल स्काउटको कोर्ष नम्बर (४८८औ ४८९औ बि टि सी र ३५७औ ३५८औ पि टि सी) तालिम जेठ १८ गते देखि २३ सम्म नेपाल स्काउट अन्तराष्ट्रिय स्काउट केन्द्र,ककनी नुवाकोटमा सञ्चालन भइरहेको छ ।

सो तालिमको उदघाट्न समारोहका प्रमुख अतिथि बागमती प्रदेशका संयोजक शिवराम अर्याल र काठमाडौ महानगरपालिका स्थानीय स्काउट संयोजक बिमला श्रेष्ठले रुपमा झण्डोत्तोलन गरि तालिमको उद्घाटन गरेका थिए  ।

सो तालिममा काठमाडौ महानगरपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका ८९ जना शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको थियो।

उक्त पहिलो दिनको तालिम उद्घाटन समारोहमा शिक्षा बिभागका प्रमुख एवम् स्थानीय स्काउट कार्यालयका सदस्य सचिव राम प्रसाद सुवेदीले तालिमको सहभागितालाई सफलताको शुभकामना दिएएका थिए।

तालिमका कोर्ष लिडरहरुमा  बिमला श्रेष्ठ,लिला श्रेष्ठ,सुरज खनाल र कृष्ण चालिसे रहेका छन्।

तपाइँको प्रतिक्रिया ।