पेट्रोल, डिजेल र मट्टीतेलको  मूल्यमा प्रतिलिटर १० रुपैया घट्यो

कपन अनलाइन

काठमाडौं जेठ २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको  मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ । । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।